झापा, भदौ ८ । इलामको गजुरमुखी होटलमा एक व्यक्ति मृत फेला परेका छन् ।

आज बिहान ७ बजे इलामको बसपार्कमा रहेको गजुरमुखी होटलको दोश्रो तलाको १०७ नं. कोठामा पाँचथर हिलिहाङ गाउँपालिका ३ बस्ने ३४ वर्षीय डुप्छेन शेर्पा मृत फेला परेका हुन् । भित्रबाट चुकुल लगाई सोही कोठाको झ्यालको भेन्टिलेसनमा जुत्ताको लेशको पासो लागेर झुन्डिएको अबस्थामा उनी मृत फेला परेका हुन् ।

अस्थायी नगर प्रहरी पोष्ट चोकबजारबाट प्रहरी नायव निरीक्षक प्रकाश राजवंशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिब बोगटीको कमाण्डमा टोली खटिएर घटनास्थलमा अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्