झापा, भदौ १० । बिर्तामोड नगरपालिका वडा नं ७ को बिरान टोल बस्ने केशब चाम्लिङको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

विहान ३.३० बजेतिर लागेको बिहान ५.३० बजेतिर नियन्त्रणमा आएको हो । बिर्तामोड , भद्रपुर र मेचीनगरको गरी तीनवटा दमकल , प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । आगलागीबाट चाम्लिङको काठको घर र काठकै भान्सा पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । घरमा राखेको मकैको खोयामा विद्युत सर्ट भई सो आगो सल्केको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्