झापा, भदौ १० । पाँचथरको मिक्लाजुङमा खेल्ने क्रममा बालिकाले आगो लगाउँदा घर र गोठ जलेर नष्ट भएको छ ।

हिजो साँझ ७ बजे मिक्लाजुङ –२ दोकान डाँडा माङलुके गाउँ बस्ने ७३ वर्षीय मणिराम आङदम्बेको माटो, ढुङ्गा र काठले बनेको र फुसको छानो भएको एक तले घर र गोठघरमा थुपारेर राखेको खरमा उनकी नातिनीले खेल्ने क्रममा लाइटरले आगो लगाइएकी थिइन् । आगलागीबाट घर, गोठ घर पूर्णरुपमा जली नष्ट भएको छ ।
घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन ,नगद रु. १० हजारगरी छ लाख ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो साँझ ७ः३५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।



