झापा, भदौ ११ । झापाको बुद्धशान्तिमा १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बुद्धशान्ति –१ होक्सेमा १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ सिदिङवा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेका हुन् । गत असार १४ गते राति १०.३० बजे सो घटना भएको जाहेरीमा उल्लेख छ ।

पीडितकी कान्छी आमाले सोमवार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएपछि ती युवकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्