झापा, भदौ ११ । बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक बालक गंभीर घाइते भएका छन् ।

गएराति १० बजे कान्तिपुर ड्राईभिङ सेन्टरअगाडी बसपार्कबाट राजमार्गतर्फ निस्किदै गरेको मे ८ प ३६६ न.को मोटरसाइकलले सोही ठाउँ बस्ने अभिशेक राईका छोरा ३ वर्षीय अभिहाङ राईलाई ठक्कर दिएको हो । टाउकोमा चोट लागेका घाइते बालकको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक पाँचथर फालेलुङ गाउँपालिका ३ बस्ने २८ वर्षीय राजधन राईलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।



