झापा,भदौ १५ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिएका छन् ।

अखिल नेपाल किसान महासंघको नेतृत्वमा दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिइएको हो ।
दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् ।