झापा, भदौ १६ । खाटबाट लडेर झापा शिवसताक्षीका एक व्यक्तिको मृत्यु भएको छ ।

गएराति ९.३० बजे शिवसताक्षी – ९ किरात चौक बस्ने ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको हो । आफ्नै घरको खाटमा सुतिरहेकोमा अचानक खाटबाट लडेर बेहोस भएका लिम्बूलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
उनलाई विगत ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेको र मृत्यु शंकास्पद नदेखिएको कारण स्थानीय जनप्रतिनिधिसंगको समन्वयमा अन्त्येष्टिका लागि मृतक परिवारले शव बुझिलगेको प्रहरीले जनाएको छ ।