झापा, भदौ १६ । अपरिचित व्यक्तिहरुको लाठी प्रहारबाट बिर्तामोड ४ बस्ने २० वर्षीय मनोज राजवंशी घाइते भएका छन् ।

गएराति ९.१५ बजे बिर्तामोड ४ स्थित अधुवा पुल दक्षिणमा पंकज सुडीले संचालन गरेको प्रनिश होटलमा राजवंशीले चुरोट माग्दै गरेको अवस्थामा ४–५ जना अपरिचित ब्यक्तिहरुले उनलाई पछाडीबाट अचानक भाटा र लाठीले प्रहार गरेका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर कुटपिट गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भइरहेको जनाइएको छ ।