झापा, भदौ १६ । झापा गौरादहका एक व्यक्ति धान खेतमा मृत फेला परेका छन् ।

आज बिहान ७.३० बजे गौरादह– ९ लफादी बस्ने २९ वर्षीय आशिक रिख्यासन (ऋषिदेव)मित आमाको घरमा घिरौला लिन गएकोमा घरबाट ३ सय मिटर पूर्व आफ्नै धान खेतमा घोप्टो परि मृत अवस्थामा फेला परेका हुन् ।
उनका भतिज अरुण ऋषिदेव र बुहारी अरुणा ऋषिदेवले बिहान ११ः३० बजे धान खेतमा मृत फेला पारी शव घरमा ल्याई राखेका थिए । प्रहरी टोली खटिएर कानुनी प्रकृयापश्चात् शवलाई पोष्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाएको छ ।
मृतक ऋषिदेव सानैदेखि छारे रोगको बिरामी थिए । पहिला पनि कयौ पटक उनी लडेका थिए । उनको शरीरमा कुनै पनि चोट नदेखिएको प्रहरीले जनाएको छ ।