झापा भदौ १७ । सर्पले टोकेर इलाम सन्दकपुर गाउँपालिका– ५ जमुना बस्ने ६० वर्षीय तुलाराम गुरुङ सिकिस्त भएका छन् ।

हिजो दिउँसो ४ बजे आफ्नै बारीमा घाँस काट्ने क्रममा उनलाई विषालु सर्पले टोकेको हो । बिरामीलाई गएराति ८ बजे जिल्ला अस्पताल इलाममा ल्याइ सामान्य उपचारपश्चात् थप उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली रिफर गरिएको छ । प्रहरी चौकी जमुनाबाट टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



