भद्रपुर । भद्रपुर १० चन्द्रगढी निवासी गायक अर्जुन खरेल ‘उत्कृष्ट लोकपप गायक अवार्ड’ प्राप्त गर्न सफल भएका छन् ।


भियतनामको दनाङमा सम्पन्न ग्लोबल कन्फरेन्स एण्ड अवार्ड २०२५ मा झापा भद्रपुर १० का स्थायी बासिन्दा गायक खरेलले उत्कृष्ट लोकपप अवार्ड हात पार्न सफल भएका हुन् ।

खरेलले आफ्नो चर्चित गीत ‘दुई चुल्ठी’ का लागि उत्कृष्ट लोकपप गायक अवार्ड’ प्राप्त गर्न सफल भएको जानकारी दिए । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकपप गीतको प्रतिष्ठा बढाएको भन्दै खरेललाई उक्त अवार्ड प्रदान गरिएको हो । खरेललाई भियतनामका पूर्व राष्ट्रपतिकी बुहारी हुयेन थि लिउले अवार्ड तथा सम्मानपत्र प्रदान गरेकी थिइन् ।

झापाको साविक गरामनी ४ कृष्णभिट्टामा २०३५ साल फागुन १४ गते बलराम तथा विष्णुमाया खरेलका ५ औं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल पेशाले गायकको पहिचान बनाएर स्थापित व्यक्ति हुन् ।

हाल भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि सं २०६० बाट तिम्रो आगनम संगै…… गीतको रेकर्डबाट सुरू भएको हो ।

दुई चुल्ठी…… गीतसम्म आइपुग्दा दुई दर्जनबढी चर्चित गीत श्रोता माझ ल्याइसकेका खरेलको स्वरले देश विदेशसम्म पहिचान पाइसकेको छ । पछिल्लो समय चलचित्र गायनमा समेत सकृय खरेलले फर्मुला लगायत चलचित्रका लागि स्वर दिइसकेका छन् । खरेलले भिडियो बन्नु अगाडि नै दुई चुल्ठी गीतको माध्यमबाट निकै चर्चा कमाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्