झापा, भदौ १८ । नेकपा माओवादी केन्द्रका युवा नेता मोहन नेम्बाङ ( सञ्चार) को आज दिउँसो निधन भएको छ ।

काठमाडौको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत ४५ वर्षीय नेम्बाङको निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको थियो ।

नेकपा माओवादीका प्रदेश कमिटी सदस्य नेम्बाङ पूर्व जनमुक्ति सेनाका योद्धा र बैध माओवादीका जिल्ला सचिव रहेका थिए ।

पाँचथर फिदिम घर भएका उनी बिर्तामोडका बस्दै आएका थिए । उनका श्रीमती र ४ जना छोराछोरी रहेका छन् । नेम्बाङको शव काठमाडौबाट ल्याएर भोलि बिहान ७ देखि ८ बजेसम्म बिर्तामोडस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा राखिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्