झापा,भदौ १८ । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ ।

बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो ।
केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्त सम्मको २०८२ आश्विन ५ गते भित्र गर्ने र साउन मसान्त सम्मको बाँकी बक्यौता रकम २०८२ आश्विन ३० गतेभित्र गरी भदौ मसान्त सम्मको बाँकी बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको छ ।
त्यस्तै हाल दुग्ध उत्पादक सहकारी सङ्घ–संस्थाहरुबाट लिइरहेको दूधको परिमाण नघटाई निरन्तर दूध लिने दिने सहमति समेत भएको छ भने सरकारले तोकेको कृषकको दूधको न्यूनतम खरिद मूल्यमा देशैभरका उद्योगहरूबाट दूध खरिद गर्ने गराउने सहमति भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्