झापा, भदौ १९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सालको गोलिया बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति ११.३० बजे आठराई त्रिवेणी –५ स्थित चाङगेमा प्रदेश १–०३–००३ त १००३ नम्बरको ट्रयाक्टरमा अबैध रुपमा ल्याउँदै गरेको सालको १९ थान गोलियासहित ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि चालकसहित अन्य मानिसहरु ट्रयाक्टर छाडेर फरार भएका थिए । उनीहरुको खोजतलास भइरहेको छ ।
ट्रयाक्टर र गोलिया जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको र वन कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।