झापा , भदौ १९ । झापाको अर्जुनधारामा विद्युत सर्ट भएर आगलागी भएको छ ।

गएराति अन्दाजी ९ः१५ बजे अर्जुनधारा– १० पञ्चकन्या टोल बस्ने केदार ढुङ्गेलको तीन तले घरको भुइँ तलाको टिभी कोठामा बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट कोठामा रहेको १ थान टिभी, १ थान दराज जल्दा २ लाख बराबरको क्षति भएको छ ।
प्रहरी , स्थानीय र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति ९ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



