झापा,भदौ १९ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
प्रवक्ता ठाकुरले सर्वोच्च अदालत र यसअघिको सरकारको निर्णय अनुसार मन्त्रालयले प्राधिकरणलाई दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय बनाउन निर्देशन दिएको बताए ।
उनले प्राधिकरणले प्राविधिक चेकजाँच गरेर निष्क्रिय बनाउने बताए । यसअघि सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई दर्ताका लागि निवेदन दिन भनेको थियो ।
सरकारको यो निर्णयसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक निष्क्रिय हुनेछन् । मन्त्रालयले दर्ता हुन नआएका सामाजिक सञ्जालको सूची केही बेरमा सार्वजनिक गर्ने जनाएको छ ।



