झापा, भदौ १९। इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५००औं जन्मोत्सवको उपलक्ष्यमा झापाका चार पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् ।

भद्रपुर नगरपालिका , कचनकवल गाउँपालिका , बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि स्थानीय विदा दिएका हुन् । मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरुमा वर्षेनि स्थानीय विदा दिने गरिएको छ ।
चारवटा पालिकाहरुले आज सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालयहरू बन्द रहने जनाएका छन् । मुस्लिम समुदायका श्रद्धालुहरूले शुक्रबार विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू गर्ने तयारी गरेका छन्।



