झापा, भदौ १९ । सामाजिक र खेल क्षेत्रमा सक्रिय जलकुमार गुरुङ सम्मानित भएका छन् ।

नेपाली निजामति कर्मचारी युनियन जिल्ला समिति झापाको २३ औं स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजित कार्यक्रम मेची आँखा अस्पतालका अध्यक्ष गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । उनीसंगै संचारकर्मी , उत्कृष्ट कर्मचारी र अवकास प्राप्त कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा पत्रकार इश्वर अधिकारी , उत्कृष्ट कर्मचारीहरु कमल गाउँपालिकाका कृषि अधिकृत महेन्द्र बोहरा , प्रादेशिक अस्पताल भद्रपुरका कार्यालय सहयोगी लिला भट्टराई, अवकास प्राप्त कर्मचारीहरु शिक्षा विकास तथा समन्वय इकाइ झापाका उपसचिव भोलानाथ दाहाल, मदन भण्डारी राजमार्ग योजना कार्यालयका लेखा अधिकृत नारायणप्रसाद दुलाल,जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी तथा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य भिमबहादुर चेम्जोङ, भद्रपुर नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत शान्तिराम भट्टराई,डिभिजन वन कार्यालयका सुवेदार झरेन्द्रकुमार कटुवाल ,डिभिजन वन कार्यालयका सुवेदार पर्तबहादुर तामाङ , कचनकवल गाउँपालिकाका का पशु विकास अधिकृत मशीन्द्र यादव, अर्जुनधारा नगरपालिकाका नायव सुब्बा अर्जुन आचार्य , जिल्ला हुलाक कार्यालयका हुलाकी हिराबहादुर कार्की र कोहवरा स्वास्थ्य चौकीका ग्रा.स्व.का. राजकुमार कार्की रहेका छन् ।

नेपाली निजामति कर्मचारी युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति देउकुमार थेबे रहेका थिए । त्यस्तै विशेष अतिथिमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई ,अतिथि ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारीलगायत रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति थेबे, भद्रपुर नगरपालिकाका नगर प्रमुख पोखरेल , सहायक प्रमुख जिल्ला अधिकारी प्रसाई ,ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष अधिकारी नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष हिरण्य न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । नेपाल निजामति कर्मचारी युनियनका निवर्तमान अध्यक्ष कविन्द्रविक्रम नेम्वाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नेपाल निजामति कर्मचारी युनियनका सचिव चन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्