झापा,भदौ १९ । झापा मेचीनगर वडा नं ३ घर भएका काभ्रे मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भण्डारीलाई बुधबार बिहान कार्यालयबाटै नियन्त्रणमा लिएको होे । भण्डारीले छुट जग्गा दर्ता गराउने भन्दै घुस लिएको खुलेको छ ।

काभ्रेको साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट जग्गा दर्ता गराउने गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीको आधारमा अख्तियारको टोली बुधबार मालपोत कार्यालय काभ्रेमा छापा मारेको थियो ।
उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको २ लाख घुस र एउटा मोबाइलसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धानका लागि उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ । मेचीनगर ३ स्थायी ठेगाना भएका भण्डारीको धुलिखेल–४ मा अस्थायी बसोबास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्