झापा, भदौ २० । इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासत कक्षभित्र थुनुवाहरुबीच झडप भएको छ ।

गएराति ९.३० बजे बिराटनगर १४ स्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षभित्र थुनुवाहरुबीच झडप भएको हो । झडपमा चोरी मुद्धाको अनुसन्धानको सिलसिलामा रहेका बिराटनगर १५ बस्ने २४ वर्षीय बिजयकुमार साह घाइते भएका छन् । उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएको थियो ।
उपचारपश्चात् उनलाई पुनः इप्रका रानीमा ल्याई राखिएको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।