झापा , भदौ २० । दश दिने झापा बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किएका छन् ।

आज बिहान ११ः२४बजेको बुद्ध एयरद्वारा पूर्वराजा ज्ञानेन्द्र ,पूवरानी कोमल, छोरी प्रेरणा शाहलगायत पाँच जना काठमाडौ प्रस्थान गरेका हुन् ।दमकबाट चन्द्रगढी बिमानस्थल आगमन हुँदा विदाईका लागि नेपाल बिद्वत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्याल ,उपाध्यक्ष बल्लबप्रसाद दाहाल,मोरङ उपाध्यक्ष पुष्पराज दाहाल,पूर्वमन्त्री बद्रीप्रसाद मण्डल,राजावादी सन्जिब घिमिरेलगायत १०÷१२ जना उपस्थित रहेका थिए ।
पूर्वराजा शाह गत भदौ ९ गते झापा आएका थिए । उनी हिमालयन महालक्ष्मी टि इस्टेटस्थित मिनी दरबारमा बसेका थिए ।