झापा, भदौ २० । चोरीमा संलग्न भद्रपुरका दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने २४ वर्षीय सागर जैसवाल र सोही ठाउँ बस्ने २० वर्षीय दिनेश कामती रहेका छन् । उनीहरुलाई हिजो बेलुका ७ बजे भद्रपुर नगरपालिका वडा नं. ६ स्थित बाटोमा हिडडुल गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुले भदौ १७ गते राति भद्रपुर नगरपालिका वडा नं. ४ फुटानी चोकमा रहेको महेन्द्र राजवंशीको किराना पसलको ढोका र गल्लाको ताल्चा फोडी गल्लामा राखेको नगद ५० हजार चोरी गरेका थिए । घटनाको अनुसन्धानको क्रममा राजवंशीको पसलमा जडान गरिएको सी.सी. क्यामेरा फुटेजको आधारबाट ती दुईजनाको पहिचान भएको थियो ।

दुवैलाई आज जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्