झापा, भदौ २१ । हिजो साँझ चट्याङले लागेर दमकमा एक बालिका घाइते भएकी छन् ।

साँझ ७.१५ बजे दमक नगरपालिका १० नलबारी बस्ने उज्वल लिम्बुकी छोरी १२ वर्षीया सिर्जना लिम्बू आफ्नै घरको किचनमा काम गरिरहेका बेला वर्षासँगै आएको चट्याङको झड्का लागेर घाइते भएकी हुन् । उनको बाँया खुट्टाको पैतालामा चोट लागेको छ । घाइतेलाई आम्दा अस्पताल दमकमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ ।



