झापा, भदौ २१ मेची नदीले बगाएर एकजनाको मृत्यु भएको छ ।


भद्रपुर नगरपालिका ३ भैसाबारीस्थित मेची नदीले बगाएर कचनकवल ६ पैनीटोला बस्ने ६५ वर्षीय सोनुलाल मुर्मुको मृत्यु भएको हो । भारतमा रहेकी छोरीको घर जाने क्रममा मेची खोला तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयले देखेर खोलाबाट बाहिर निकाली हेर्दा मुर्मु मृत अवस्थामा फेला परेका थिए ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि वडा प्रहरी कार्यालय भद्रपुरबाट टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्