बिर्तामोड , भदौ २१ । पेट्रोनास लुब्रिकेन्टस् र ग्लोब्याट ब्याट्रीका बारेमा जानकारी दिने उद्धेश्यले डिलर र मेकानिकहरुसंग बिर्तामोडमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कालिका ट्रेड सप्लायर्स र त्रिथुंगा ट्रेडिङ प्रालिले संयुक्तरुपमा सो भेटघाट कार्यक्रम राखेका थिए । कालिका ट्रेड सप्लायर्सका अध्यक्ष डम्बर थापाको अध्यक्षता तथा त्रिथुंगा ट्रेडिङ प्रालिका जेनेरल मेनेजर श्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पेट्रोनास लुब्रिकेन्टस्का प्रदेश नं १ का सेल्स मेनेजर रामदास भट्टराईले विश्वकै उत्कृष्ट दशभित्र पर्न सफल पेट्रोनास लुब्रिकेन्टस् मल्टिनेशनल र प्रिमियम ब्राण्ड भएको बताए । त्यस्तै ग्लोब्याट ब्याट्रीका प्रदेश नं १ का सेल्स मेनेजर रुपक खड्काले जर्मनी टेक्नोलोजीबाट बंगलादेशमा निर्मित ग्लोब्याट ब्याट्रीका विशेषताहरुका बारेका जानकारी दिएका थिए ।

कार्यक्रममा पेट्रोनास लुब्रिकेन्टस्का सेल्स हेड पदम राणाले पनि आफ्नो प्रोडक्टको विशेषताका बारेमा जानकारी दिएका थिए । कालिका ट्रेड सप्लायर्सका संचालक वासुदेव तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन लीला बुढाथोकीले गरेकी थिइन् । कार्यक्रममा कुवेर ढुंगेल र तपस सरकारले पेट्रोनास लुब्रिकेन्टस् र ग्लोब्याट ब्याट्रीबाट पाएको फाइदाबारे आ–आफ्ना अनुभव सुनाएका थिए ।
