झापा, भदौ २२ । झापाको बिर्तामोड– ३ स्थित होटल किंग्सवेरीको क्यासिनोमा जुवा खेल्दाखेल्दै एक भारतीय ढलेका छन् ।

गएराति ९.१० बजेतिर भारत उत्तर प्रदेश बस्ने ३६ वर्षीय सोनु सहनी किंग्सवेरीको क्यासिनोमा जुवा खेल्दाखेल्दै ढलेका हुन् । होटल किंग्सवेरीमा विगत दुई दिनदेखि बस्दै आएका सहनी होटलको क्यासिनोमा जुवा खेल्ने क्रममा प्रेसर हाईको कारण अचानक ढली बेहोस भएका थिए । सहनीलाई सोही होटलका कर्मचारी नबिन पोखरेलले बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरेका सहनीले जुवामा हारेपछि ढलेको बताइएको छ । अस्पताल ल्याएपश्चात् सामान्य हातखुट्टा चलाउन थालेको, बोली नखुलेको र अवस्था मध्यम रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनाबारे बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्