झापा, भदौ २२ । झापाको बुद्धशान्तिमा १५ वर्षीय बालकले ९ वर्षका बालकलाई अप्राकृतिक मैथुन गरेको घटना सार्वजनिक भएको छ ।

पीडित बालककी आमाले जाहेरी दिएपछि पाँच महिना अगाडिको घटना सार्वजनिक भएको हो । गत चैत २४ गते राति अन्दाजी ८ बजे बुद्धशान्ति गाउँपालिका वडा नं.१ बस्ने ९ वर्षीय बालकलाई भद्रपुर वडा नं. ५ घर भई हाल बुद्धशान्ति वडा नं.१ बस्ने १५ वर्षीय बालकले पीडितको घरमा गई अप्राकृतिक मैथुन गरेका थिए ।

पीडितकी आमाले गएराति इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिनासाथ प्रहरीले घटनामा संलग्न भनिएका बालकलाई नियन्त्रणमा लिएको छ । पीडक र पीडित दुवैलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्