झापा भदौ २२ । एनपीएलको ट्रफी टुर मेची पुलबाट शुरु भएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको एनपीएलको प्रचार प्रसारका लागि ट्रफी टुर मेची पुलबाट शुरु भएको हो । आज साँझ नेपाल क्रिकेट संघको आयोजना, झापा जिल्ला क्रिकेट संघ तथा विराटनगर किंग्सको संयोजनमा मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित मेची पुलबाट हनुमान मन्दिरसम्म एनपीएलको ट्रफी बोकेर ल्याइएको हो ।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा, मेचीनगर वडा नम्बर २ र ६ का वडाध्यक्षहरु क्रमशः दिपक बराल र ललितबहादुर तामाङलगायत खेलप्रेमी करिब सयजनाको सहभागितामा रहेको थियो ।