झापा, भदौ २२ । सामाजिक सञ्जाल बन्दको बिरोधमा झापामा प्रदर्शन शुरु भएको छ ।

आज साँझ बुद्धशान्ति गाउँपालिका –३ स्थित बुधवारे चोकमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बुद्धशान्ति गाउँ समितिको आयोजनामा प्रदर्शन गरिएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धशान्ति गाउँ समिति अध्यक्ष सुशान्त सुवेदीको नेतृत्वमा युवा विद्यार्थीहरुलगायत करिव ३० जना उपस्थितिमा सरकारले गरेको सामाजिक सञ्जाल बन्दको बिरोधमा “सरकार बदलिँदा प्रवृत्ति किन बद्लिदैन, भ्रष्टाचार रोके भने नेपाल धनी बन्नेछ तर नेताहरुले रोक्न चाहेका छैनन्, विकास बजेट सडकमा हैन नेताको घरमा पुग्छ, देशलाई परिवर्तन गर्ने शक्ति युवामा छ, तर भ्रष्टाचारले उनीहरुलाई बिदेश धकेल्दै छ ”जस्ता नाराहरु लेखिएको प्लेकार्ड बोकेर युवाहरुले विभिन्न नारा लगाउँदै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए ।