झापा, भदौ २३ । प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।

तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केही प्रदर्शनकारी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरेका छन् । प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ ।



