झापा,भदौ २३ । जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको छ ।

यसअघि ट्रमा सेन्टरमै चार जनाको मृत्यु भएको थियो भने सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ ।



