झापा, भदौ २४ । झापामा पहिलो पटक प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसंगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली लागेर अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

प्रहरीसंगको झडपमा परी आज बिर्तामोडमा करिव दुई दर्जन घाइते भएका छन् । उनीहरुको बीएण्डसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्