झापा , भदौ २६ । श्रीमतीसँग लाग्नेलाई झापा मेचीनगरका एक व्यक्तिले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

गएराति ८ बजे मेचीनगर ७ गैरीगाउँ बस्ने ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घर कोठामा मेचीनगर १४ दुवागढी बस्ने ४० वर्षीय मो.फौमोदिनलाई धारिलो हतियार चक्कुले प्रहार गरी हत्या गरेका हुन् । पेट, ढाड र शरीरको बिभिन्न भागमा चोट लागेका फौमोदिनको घटनास्थलामा नै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय काँकड्भिट्टबाट प्रहरी टोली खटिएर नारायण ज्ञवाली र उनकी श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रंणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।