झापा, भदौ २६ । झापाको बुद्धशान्ति –७ सुनमाईस्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


हिजो साँझ ६ बजे इलामबाट चारआलीतर्फ आउँदै गरेको प्र. ३–०२–००७ प ६०९० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर –६ भानु चौक बस्ने ५९ वर्षीय राम श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्