झापा, भदौ २६ । रोजगारी खोज्दै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ठुलो संख्याका युवा अलपत्र परेका छन् ।

सोमबारदेखि जारी जेन जी पुस्ताको आन्दोलनका कारण रोजगारी खोज्दै विदेश जाने तयारीमा रहेका युवा अलपत्र परेका हुन् ।
सोमबारको टिकट भएका केहीबाहेक अधिकांश उड्न सफल भए पनि मङ्गलबार र बुधबारको टिकट भएका चार हजारभन्दा बढी युवा विदेश जान रोकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै मङ्गलबारदेखि बन्द हुँदा विदेश जान हिँडेका युवा प्रभावित भएको जानकारी दिए । तथापि बुधबार अपराह्नबाट भने विमानस्थल खुला भएको छ ।
मङ्गलबार र बुधबारको टिकट भएका युवा कफ्र्युका कारण विमानस्थल बन्द भएर उडान स्थगन भएपछि टिकट र काम गुम्ने जोखिम रहँदारहँदै पनि महँगो शुल्क तिरेर गेस्ट हाउसमा बस्न बाध्य छन् । यो समयदेखि सामान्य हुन्छ भन्ने अवस्था नरहेकाले बिदामा आएर एक÷दुई दिनभित्र विदेश पुग्नुपर्ने श्रमिकको अवस्थामा अन्योल रहेको सङ्घले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट दैनिक औसतमा दुई हजार दुई सय जनाले श्रम स्वीकृति लिने गरेका छन् ।