झापा, भदौ २६ । जेनजीको आन्दोलनपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि राजीनामा दिन थालेका छन् ।

यसक्रममा नेपाली काँग्रेसका झापा गाउँपालिका सभापति सागिरथप्रसाद गणेशले सामाजिक संजालमार्फत राजीनामा दिएको घोषणा गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका जिल्ला सदस्य ठोमनाथ नेपाल र झापा गाउँपालिका वडा नं १ का सभापति रुपलाल गणेशले पनि राजीनामा दिएका छन् ।
उता नेकपा एमाले झापा गाउँपालिका वडा नं १ का अध्यक्ष घनश्याम गणेशले पनि राजीनामा दिएका छन् ।



