झापा , भदौ २७ । जेनजी आन्दोलनका नाममा झापा गाउँपालिकामा तोडफोड , आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

झापा गाउँपालिकाले संकलन गरी क्षतिको विवरण सार्वजनिक गरेको हो । झापा गाउँपालिका, गाउँपालिका अन्तर्गतका ७ वटै वडा कार्यालयका भवनमा आगजनी गरिएको थियो ।

दुई वटा गाडी, ३० थान ल्यापटप, करिब ५५ वटा साना ठुला प्रिन्टर (नयाँ र पुराना), कार्यालय टेबल करिब ७० वटा , स्क्यानर ८ थान, तीनवटा सरकारी बाइक, माइक सेट ४, टेबल कुर्सी फर्निचर, स्टिल दराज, स्टिल र्याक दराज, कार्यालयमा भएका सम्पूर्ण कागजात, लेखाका सम्पूर्ण कागजात, प्राबिधिक शाखाका सम्पूर्ण कागजातलगायत सबै शाखाका सम्पूर्ण कागजात, विभिन्न गाउँ कार्यपालिका, गाउँ सभाका र समितिका निर्णय, सम्पूर्ण इन्भर्टर, १ थान सि आर मेशिन, सम्पूर्ण सीसी क्यामरा, सम्पूर्ण इन्टरनेट राउटर, सम्पूर्ण बायोमेट्रीक डिभाइस, २० सेट आइपी फोन, डिजिटल क्यामरा दुई सेट, करिब माघसम्मका लागि पुग्ने निशुल्क औषधि सम्पूर्ण, ट्याब्लेट ८ थान, बिद्यालयका लागि खरिद गरिएका १५९५० प्याकेट स्यानिटरी प्याड, आर्थिक वर्ष २०८२÷८३ को बजेट किताब २५० थान, रिभल्भिङ चेयर करिब ६० ( नयाँ र पुराना) प्लास्टिक कुर्सी करिब ३०० वटा, टीभी २ सेट, लोबेडसहित सिरक डस्ना २ सेट, सोफा सेट २५०, एम्प्लिफायर दुई थान, साउन्ड बक्स दुई, कार्पेट सम्पूर्णमा क्षति, भूमिहीन सुकुम्बासीलगायत नाप नक्सा वर्गीकरण लगायतका सम्पूर्ण फाइल तथा कागजात,कृषि, महिला विकास, अपांगता, शिक्षा, प्रशासन, स्वास्थ्य, रोजगार, वडाका सम्पूर्ण कागजात नष्ट भएको छ ।

त्यस्तै आर्थिक सहायता बाँड्न लिइएको र राजस्व रकम १ लाख ५० हजार लुटिएको छ । त्यस्तै सिलिङ फेन १२० भन्दा बढी,स्टेण्ड फेन १८÷२० वटा, जग्गाधनी पुर्जा, ब्लु बुक सात वटै वडाका जिन्सी सामग्री, प्रशासनिक कागजात, निर्णय सामग्रीहरु, वडासहित पालिकाको वाइरिङ लगायत जिन्सी सामग्रीहरुमा क्षति पुगेको छ । ती सामग्रीहरुमा आगजनी र लुटपाट भएको गाउँपालिका कार्यालयले जनाएको छ । वडा कार्यालयको विवरण अझै आउन बाँकी रहेको छ । लुटिएका केही सामानहरु फिर्ता आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्