झापा, भदौ २८ । कारागारबाट भागेका अर्का एक कैदी झापामा पक्राउ परेका छन् ।

हिजो साँझ ७.४० बजे सशस्त्र प्रहरी बल, नेपाल बिओपी कुञ्जीबारीबाट खटिएको गस्ती टोलीले गौरीगञ्ज १ स्थित कुञ्जीबारी इलाकामा गस्ती गर्ने क्रममा झुम्का कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारी कसुर ठगीमा सुनसरी रामधुनी ५ झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका भोजपुर च्याङ्ग्रे घर भई हाल धरान १५ त्रिबेणी चौक बस्ने अन्दाजी बर्ष ५६ का कृष्णबहादुर विश्वकर्मा रहेका छन् । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ।
यसअघि काठमाण्डौको कारागारबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका थिए ।



