झापा, भदौ २८ । झापामा आजदेखि कफर्यु हटाइएको छ ।

आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थितिमा समितिको बैठक बसी कफर्यु हटाउने निर्णय गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन समाप्त भएपश्चात् जिल्लामा शान्ति र सुव्यवस्था कायम राखी जनजीवन सामान्य बनाउने सन्दर्भमा जिल्लाभर लागू हुने गरी कफर्यु आदेश जारी गरिएकोमा स्थिति सामान्य हुँदै गएकाले अर्को सूचना जारी नभएसम्मको लागि आजदेखि उक्त कफर्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
