झापा,भदौ २८ । जेनजी आन्दोलनका क्रममा झापाका ४९ जना नेताको घरमा आक्रमण भएको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी झापाले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा भएका क्षतिको विवरण सार्वजनिक गरेको हो । दमकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास (विकास गौतमको भाडामा लिएको घर) लगायत, निवर्तमान भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, नेकपा(एमाले) केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली ,केन्द्रीय सदस्य गोविन्द थापा, प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिका मेयर राम थापा तथा उपमेयर रेगिना प्रसाई, दमक वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, ३ नं. वडाध्यक्ष नविन बराल, माओवादीका रेवतराज पुरी गगनको घरमा आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पु¥याइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै मेचीनगरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमाले केन्द्रीय सदस्य रबिन कोइराला, केन्द्रीय सदस्य एवम् उपमेयर मिना उप्रेती, केन्द्रीय सल्लाहकार सदस्य बिष्णु प्रसाई, मेचीनगर मेयर गोपालचन्द्र बुढाथोकी, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं. १२ का वडाध्यक्ष मधु निरौलाको घर आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पु¥याइएको छ । गौरादहमा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा केन्द्रीय सदस्य दिपक कार्की, गौरादहका मेयर छत्रपति सुवेदी तथा उपमेयर जलवर्षा राजवंशी, वडा नं. २ का वडाध्यक्ष गोपाल कोइराला, वडा नं. ३ का वडाध्यक्ष दिलीप भण्डारी, वडा नं. ७ का वडाध्यक्ष बलराम खरेलको घरमा आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पु¥याइएको छ । त्यस्तै कन्काईमा नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवे, मेयर राजेन्द्र पोख्रेल,उपमेयर आशा शर्मा शिवाकोटी, वडा नं. ३ का वडाध्यक्ष युवराज चौलागाई, वडा नं. ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रबिन्द्र लम्साल , लिला चिमरिया, दिनेश पोख्रेल(मेयर राजेन्द्र पोख्रेलका भाइ)को घरमा आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याइएको छ ।
यता बिर्तामोडमा नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराई, पूर्व मेयर ध्रुव शिवाकोटी, प्रदेश मन्त्री एकराज कार्की, मेयर पवित्रा महतारा प्रसाई, उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको घरमा आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याइएको छ । भद्रपुरमा मेयर गणेश पोख्रेल , उपमेयर राधा कार्की , एमाले नेता कालीचरण बस्नेत, जयप्रसाद ओली ( अध्यक्ष केपी ओलीका भाइ)को घर आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याइएको विज्ञप्तिमा उल्लेख छ । शिवसताक्षीमा संघीय सांसद एल पी साँवा लिम्बु, प्रदेशसभा सदस्य राधाकृष्ण खनालको घरमा आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याइएको छ । बुद्धशान्तिमा प्रदेशसभा सदस्य चिन्तन पाठकको घरमा तोडफोड, पालिका अध्यक्ष मनोज प्रसाई , उपाध्यक्ष भवानी खतिवडाको घरमा आगजनी भएको छ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको घरमा तोडफोडको प्रयास भएको छ । झापा गाउँपालिकामा एमाले वडा नम्बर ६ का सचिब भुवन कार्कीलाई कुटपिट गरी घाइते बनाएको र रुद्र बजगाईको घरमा आगजनी गर्ने कोशिस गरिएको जिल्ला अध्यक्ष प्रेम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



