झापा, भदौ २९ । झुम्का कारागारबाट भागेका एकजना कैदी पाँचथरमा पक्राउ परेका छन् ।

आज बिहान ७.३० बजे पाँचथरको कुम्मायक गाउँपालिका – १ गौरीगाउँमा झुम्का कारागारका कैदी ४५ वर्षीय धनेन्द्र तामाङ पक्राउ परेका हुन् । भदौ २४ गते कारागारबाट भागेर ज्यान मुद्धाका कैदी धनेन्द्र काका टठबहादुर तामाङको घरमा आएर लुकेर बसेका थिए ।

इलाका प्रहरी कार्यालय यासोकबाट प्रहरी टोली खटिएर धनेन्द्रलाई पक्राउ गरी जिल्ला कारागार कार्यालय फिदिममा ल्याई राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्