झापा, भदौ ३० । झापाको बिर्तामोडमा गाई फार्ममा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ ।

हिजो साँझ ७ बजे बिर्तामोड वडा न.८ हर्चना चोक बस्ने टिकाराम भन्ने पुण्यप्रसाद अधिकारीले संचालन गरेको सिमेन्टको खाँबो र टिनको छानो भएको गाई फार्ममा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट एउटा बाछी जलेर घाइते भएको छ भने फार्ममा रहेको मकै, पराल र फार्म पूर्णरुपमा जलेर नष्ट हँुदा अन्दाजी ५लाख बराबरको क्षति भएको भएको छ ।

प्रहरी, स्थानीय, भद्रपुर, बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति ८ः२५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्