झापा, भदौ ३० । मेची नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ४ बजे कचनकवल गाउँपालिका वडा न. ५ पाठामारीस्थित मेची नदीमा डुबेको अबस्थामा एकजनाको बेवारिसे शव फेला परेको हो । तत्काल नामथर तथा वतन नखुलेको अन्दाजी ३५–४० वर्षका पुरुष घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । ती व्यक्तिको शव खोलाले बगाएर ल्याएको जस्तो देखिएको छ । सो शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।