झापा , भदौ ३० । विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुई जना कैदी पक्राउ परेका छन् ।


जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दिनेश सोरेनलाई आज दिउँसो कन्काई ६ मा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । कर्तव्य ज्यान मुद्धामा झापा गाउँपालिका निवासी सोरेन कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

त्यस्तै नेपालको कारागारबाट भागेर भारत पुगेका एक भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान ६ बजे भारत किशनगंजको सुखानीमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत सितामनि हाजिपुर घर बताउने अन्दाजी बर्ष २३का नवलकिशोर नाम बताउने व्यक्तिलाई नेपालको कारागारबाट भागेको हुनसक्ने शंका लागेर भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय केचनामा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्