झापा, भदौ ३१ । १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् ।

हिजो साँझ पीडित नाबालिकाकी आमाले इलाका प्रहरी कार्यालय धुलावारीमा जाहेरी दिएपछि प्रहरीले मेचीनगर –९ दुर्गाटोल बस्ने ४० वर्षीय राकेश दासलाई पक्राउ गरेको हो ।

उनले गत असार १५ गते राति अन्दाजी ८.३० बजे ती बालिकालाई जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । पीडकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । दुवैलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्