झापा, असोज १ । जेनजी आन्दोलनमा मारिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।

आज साँझ बिर्तामोडको मुक्तिचोकमा जेनजी युवा समूह झापाको आयोजनामा जेनजी युवा समूहका प्रतिनिधि मनोज कडेलको नेतृत्वमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो । जेनजीको आन्दोलनमा मृत्यु भएका शहीदहरुको संझनामा आज देशभरि शोक दिवस मनाइएको छ । शोक दिवसमा आज सरकारले सार्वजनिक विदा दिएको थियो ।



