झापा, असोज १ । बिर्तामोडस्थित जयमाता ट्रेडर्सले विश्वकर्मा पुजाको दिन पारेर कार्यक्रम सम्पन्न गरेको छ ।


‎‎पाइप फिटिङ्स सम्बन्धी कार्य गर्ने जयमाता ट्रेडर्सले आफ्ना मातहतमा रहेका करिब ३० जना प्लम्बरहरुलाई बोलाएर विश्वकर्मा पुजा सम्पन्न गरेको हो । कार्यक्रममा प्लम्बरहरुलाई पंचकन्या ग्रुपको लोगो भएको टि–सर्ट बितरण गरिएको थियो ।प्लम्बरहरुलाई विशेष अवसर पारेर पंचकन्या ग्रुपले विभिन्न सामग्रीहरु बितरण गर्ने गरेको छ ।

जयमाता ट्रेडर्स पंचकन्या ग्रुपको उत्पादन पाइप एण्ड फिटिङ्सको सबडिलर रहेको छ । सो कार्यक्रममा रमाइलोको लागि हात खाली नजाने कार्यक्रमअन्तर्गत भाग्य चिट्ठा कार्यक्रम पनि गरिएको थियो । प्लम्बरहरुलाई काम गर्न चाहिने आवश्यक सामग्रीहरु राखेर भाग्य चिट्ठा कार्यक्रम गरिएको जयमाता ट्रेडर्सका रमेश नेपालले जानकारी दिए ।
‎‎

कार्यक्रम भब्य र सभ्य भएको सहभागी प्लम्बर लक्ष्मण अधिकारीले बताए। जयमाता ट्रेडर्स आफूहरुको ढुकढुकी हो भन्दै उपस्थित प्लम्बर अमर खुलाल हर्षित देखिन्थे । साथै हरेक सुखदुःखमा रमेश नेपाल र जयमाता ट्रेडर्सको साथ र समर्थन रहेको कुरा उपस्थित प्लम्बर दिलिप धिमाल,नरेश राई,दिपक नेपाल,राम बस्नेत,दिपेन्द्र नेपाल,प्रकाश अधिकारी,सन्तोष अर्याल,महेश खनालले बताए । साथै उपस्थित प्लम्बरहरुले टिसर्टलगायतका सामानहरु उपलब्ध गराइदिएकोमा पंचकन्या कम्पनी र जयमाता ट्रेडर्सलाई धन्यवाद दिएका छन् ।साथै पन्चकन्या ग्रुपको डिलर श्रीज्योती ट्रेडिङले पनि केही पुरस्कार सौजन्य गरेको जयमाता ट्रेडर्सका नेपालले जानकारी दिए ।

‎भाग्य चिट्ठाको बम्पर उपहार प्लम्बर अमर खुलाल(ज्ञानु बस्नेत)ले प्राप्त गरेका छन् । कार्यक्रम प्लम्बर हकहित कोषका सचिब प्रेम आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको संचालन रमेश नेपालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्