झापा, असोज २ । विश्वकर्मा पूजाका दिन झापाको बुद्धशान्तिमा एक युवकमाथि सामूहिक हमला भएको छ ।

छुरा प्रहारबाट ती युवक घाइते भएका छन् । हिजो साँझ ५ बजे बुद्धशान्ति ६गौँडा बस्ने २७ वर्षीय सन्देश राईलाई इलाम रोङ ५बस्ने बर्ष अन्दाजी ३० का बिजु राई र झापा मेचीनगर ७ बस्ने बर्ष अन्दाजी ३२का गोबिन्द सापकोटालगायत १४–१५जनाको समूहमा आई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएका हुन् । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी टोली खटिएर छुरा प्रहार गरी फरार भएका ब्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ ।



