झापा, असोज ३ । बिर्तामोडको भाटभटेनी ह्याचरी इन्डस्ट्रीमा चारो हाल्ने क्रममा लडेर एक कामदारको मृत्यु भएको छ ।

हिजो बिहान ६ बजे बिर्तामोड– २ चारपानेस्थित भाटभटेनी ह्याचरी इन्डस्ट्रीमा काम गर्ने मेचीनगर ६ बस्ने ६० वर्षीय ज्ञानमणि फुयाल कुखुरा फर्ममा चारो हाल्ने क्रममा अचानक लडेका थिए । लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृया गरेको थियो । मृतक मृगीको बिरामी भएको बुझिएको छ ।
दिउँसो ४ बजे सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।



