झापा, असोज ३ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् ।

लागूऔषध मुद्धामा पक्राउ परेका इलाम नगरपालिका वडा न.९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ बस्ने २१ वर्षीय सुजन अधिकारी हिजो दिउँसो २ः५० बजे जिल्ला प्रहरी कार्यालय झापामा आफै सम्पर्कमा आएपछि पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

जेनजीको आन्दोलनका नाममा आन्दोलनकारीहरुले झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा भगाएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्